An open API service indexing awesome lists of open source software.

https://github.com/techgaun/hajurbuwa

In memory of my beloved Grandfather, Prachanda Bahadur Budhathoki
https://github.com/techgaun/hajurbuwa

memorial

Last synced: 3 months ago
JSON representation

In memory of my beloved Grandfather, Prachanda Bahadur Budhathoki

Awesome Lists containing this project

README

          

# hajurbuwa

In memory of my beloved Grandfather, Prachanda Bahadur Budhathoki

## Preface

मेरो प्यारो हजुरबुवाको २०७६ सालको बैशाख १ गते स्वर्गबास भयो र हजुरबुवाको सम्झनामा मनमा गुम्सिएर बसिरहेका भावनाहरु पोख्ने जमर्को गरेको छु आज, साथै यो रेपोमा हजुरबुवासँग सम्बन्धित सामाग्रीहरु सन्कलन गर्दै छु।। जनमानसमा हजुरबुवा जनबादी गायक, संगीतकार, साहित्यकर्मी र एक असल गुरुको रुपमा परिचित हुनुहुन्थ्यो। चिन्ने-जान्नेको माँझ्मा सधैं प्रशंसाको पात्र उहाँ मेरो लागि पनि प्रेरणाको स्रोत हुनुहुन्थ्यो र उहाँसँग रगतको नाता छ भन्न पाउँदा मलाई गौरब महसुस हुन्छ। हजुरबुवा र हजुरआमाको छत्रछाँयामा हुर्किएको म हजुरबुवाको सरल स्वभाव, बौद्धिक उचाइ र सबैप्रतीको नम्र व्यबहारबाट थोरै भएपनी केही सिक्न सकेको छु होला जस्तो लाग्छ। बाल्यकालको सुनौलो समय र केही जान्ने बुझ्ने भएपछी हजुरबुवासङै गरेका सानो तिनो कामहरु मेरो मानसपटलमा झल्झली आहिरहेका छन, ति पलहरुको स्मरण गर्दाको खुशी अनी उहाँलाई गुमाउदाको असहिय पिडा यि सबै कुराहरु मनमा खेलिरहदा अर्कै खालको तरङ प्रभाहित हुदोरैछ। सृस्‍टिको यो कठोर नियमलाई हामी सबैले स्विकार्नै पर्नेहुन्छ। उहाँको भौतिक शरीर हामी माँझ नरहेपनी उहाँका कृतिहरु सधैं अमर रहनेछन, उहाँबाट सिकेका ज्ञान हामीमाँझ रहिरहनेछन र हजुरबुवा हाम्रो सम्झनामा सधैं रहिरहनु हुनेछ। हजुरबुवासँगका बिताएका ति हरेक पलहरु मेरो मन मस्तिस्कमा सदैव ताजा नै रहिरहनेछन। भाव्पूर्ण श्रदान्जली अर्पण गर्दै हजुरबुवाको बैकुण्ठमा बास होस् भन्ने कामना गर्दछु।

## Table of Contents

- [Interviews](#interviews)
- [Songs](#songs)

### Interviews

- [Triveni Talk](https://www.youtube.com/watch?v=JNerjc2lVzY)

### Songs

- [Hera Nepal](https://www.youtube.com/watch?v=Pahuk3hbpbk)
- [Jani bela relimai](https://www.youtube.com/watch?v=08bixPUTMpE)
- [Kaa gayo gairako sailo](https://www.youtube.com/watch?v=bDL5rHMF__U)
- [Laure Huna Najau Aba Ta](https://www.youtube.com/watch?v=T8M_Uy20dKs)
- [Maya Marira](https://www.youtube.com/watch?v=TdgBcO3Rr3Q)
- [Nepali Bir Krantikari ho](https://www.youtube.com/watch?v=IOuleAvGQN8)
- [Rato Rumal](https://www.youtube.com/watch?v=cRj8Vq6hDYg)