Ecosyste.ms: Awesome
An open API service indexing awesome lists of open source software.
https://github.com/xettrisomeman/rulebasedsummarizer
A rule based nepali text summarizer
https://github.com/xettrisomeman/rulebasedsummarizer
Last synced: about 16 hours ago
JSON representation
A rule based nepali text summarizer
- Host: GitHub
- URL: https://github.com/xettrisomeman/rulebasedsummarizer
- Owner: xettrisomeman
- License: bsd-3-clause
- Created: 2022-04-23T17:35:10.000Z (over 2 years ago)
- Default Branch: main
- Last Pushed: 2022-05-11T16:34:40.000Z (over 2 years ago)
- Last Synced: 2024-11-09T01:26:17.525Z (about 2 months ago)
- Language: Python
- Size: 89.8 KB
- Stars: 0
- Watchers: 1
- Forks: 0
- Open Issues: 0
-
Metadata Files:
- Readme: Readme.md
- License: LICENSE
Awesome Lists containing this project
README
# Text summarization of nepali news data using rule based method
### Paper used:
1. [Rule Based Extractive Text Summarization](https://www.mecs-press.org/ijmecs/ijmecs-v10-n12/IJMECS-V10-N12-6.pdf)
2. [Text Summarization of Hindi Documents using Rule Based Approach](https://ieeexplore.ieee.org/document/7938942)### Methods
1. Sentence Position Based Scores
2. Sentence Vectors scores(tfidf)
3. Sentence similarity scores
4. Sentence relation to the news title scores> We sum all the above terms and get the new score
### Example
Text Document: काठमाडौँ — तस्करी हुने क्रममा समातिएका चिम्पान्जी (चिम्पु र चम्पा) लाई अब सर्वसाधारणले जावलाखेलस्थित सदर चिडियाखानमा हेर्न पाउने भएका छन् । चिडियाखानाको व्यवस्थापक राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले शुक्रबार चिम्पु र चम्पालाई चिडियाखाना परिसरमै एसीजडित घरमा राखेको हो ।उक्त घरको शुक्रबार वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेल र कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले उद्घाटन गरे । करिब एक करोड रुपैयाँ लागतमा चिम्पान्जीको घर निर्माण गरिएको हो । सुविधासम्पन्न घर निर्माण भएसँगै चिडियाखाना आउने दर्शकहरूले पनि सजिलै चिम्पान्जी अवलोकन गर्न सक्नेछन् ।अवैध रूपमा नाइजेरियाबाट नेपाल ल्याइएका चिम्पान्जीका ती दुई बच्चालाई २०७४ असोज ३१ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्धार गरेपछि सदर चिडियाखानामा राखिएको थियो । अत्यन्तै दयनिय अवस्थामा आइपुगेका चिम्पान्जीका बच्चालाई सदर चिडियाखानाको नर्सरीमा सुरक्षित तरिकाले संरक्षण गरिदै आएको हो ।चिम्पान्जी दुर्लभ प्रजातिको वन्यजन्तु हो । चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेका अनुसार चिडियाखाना आइपुग्दा चिम्पान्जीको भाले बच्चा अन्दाजी ३ महिनाको (तौल ३.५ के.जी.) थियो भने पोथी बच्चा अन्दाजी ६ महिनाको (तौल ४ के.जी.) थियो । हाल भालेको तौल २१ के.जी. र पोथीेको तौल २४ के.जी. रहेको छ । चिडियाखानाले यिनीहरूलाई मौसम अनुसारको फलफूल, सागसब्जी, दूध, पाउरोटी, मह आदि खुवाउँछ ।
चालिसेका अनुसार मानिसहरुसँग घुलमिल हुन थालिसकेकाले उनीहरुलाई सर्वसाधरणहरुले देख्न पाउने गरी राखिएको हो । चिम्पु र चम्पाको हेरचाहका लागि चिडियाखानाले कर्मचारी खटाएको थियो । चिम्पान्जी नेपालमा पाइने वन्यजन्तु होइन
मध्यअफ्रिकाको साभाना क्षेत्रमा पाइने यी चिपान्जीलाई नाइजेरियाको जंगलबाट तस्करी गरेर नेपाल हुँदै भारत लैजाने तयारी गर्दै गर्दा सीआईबीले २०७४ को असोज ३१ मा उद्धार गरेको थियो । त्यसबेला लठ्याउने औषधि दिएर सामान राख्ने डब्बामा लुकाएर ल्याइएका चिपान्जी बिरामी अवस्था थिए । त्योबेला चिम्पान्जीसँगै विभिन्न प्रजातिका चरा र बाँदरसमेत ल्याइएको थियो । वन्यजन्तु तस्करी आरोपमा पक्राउ परेका भारतीय नागरिक मोहमद फइम, मोहमद उस्मान, चाँद मोहम्मद र पाकिस्तानी नागरिक जावेद असलम खानलाई काठमाडौं जिल्ला अदालतले २०७६ भदौ अन्तिम साता ५/५ वर्ष कैद सजाय फैसला गरेको थियो । तस्करलाई सामान राख्न सघाएको आरोपमा घरधनी भारीलाई भने २ वर्ष ६ महिना सजाय भएको थियो । भन्सार कर्मचारीसहित एक दर्जनभन्दा बढीमाथि चलेको मुद्दामा केहीले सफाइ पाएका थिए भने तीन जना धरौटी बुझाएर छुटेका थिए । चिम्पु र चम्पालाई सरकारले साइटिस अभिसन्धिअन्तर्गत् प्रमाण पुर्याएर आउने मुलुकलाई फिर्ता दिने भन्दै आएको थियो । तर, पर्याप्त प्रमाण नपुगेको र दाबी नगरेकाले नेपालमै राखिएको हो । कोषले दुबै चिपान्जीको डीएनए परीक्षणसमेत गराएको थियो । नाइजेरियाबाट ल्याइएका भनिएका यी चिपान्जीको ‘सोर्स अफ ओरिजिन’ थाहा हुन सकेको छैन । केहि समयअघि एक निजी संस्थाले दाबी गरे पनि डीएनए परीक्षण गर्दा पर्याप्त प्रमाण नपुगेपछि नेपालमै राख्न लागिएको हो । दुर्लभ वन्यजन्तु तथा वनस्पतिहरुको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को पक्ष राष्ट्र भएकाले पर्याप्त प्रमाण जुटाएर कुनै सरकारी निकायले माग दाबी गरे हालसम्म लागेको खर्च व्यहोरेर चिपान्जी फिर्ता लैजान सक्छ । साईटिसले प्रजातिहरुको ओसारपसारमा बन्देज लगाएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीले सदर चिडियाखानामा पर्न गएको आर्थिक सङ्कटलाई मध्यनजर गर्दै चिडियाखानाले वन्यजन्तु अभिभावकत्व अभियान सुरु गरेको छ । त्यसै क्रममा चिम्पान्जीको जोडिलाई प्रभुशमशेर जबरा तथा राजी राणा ट्रष्टकी राजी राणाले वार्षिक दस लाख रुपैयाँ उपलब्ध गराएर अभिभावकत्व लिएका छन् । २०५२ साल पुस १४ गते (सन् १९९५ डिसेम्बर २९) का दिन तत्कालीन राजा वीरेन्द्रको ५०औं जन्मोत्सवको अवसरमा सदर चिडियाखाना व्यवस्थापनको जिम्मा सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई प्रदान गरेको हो । ६ हेक्टर (१२० रोपनी) क्षेत्रफलमा फैलिएको यस चिडियाखानामा हाल ११३ प्रजातिका विभिन्न वन्यजन्तु प्रदर्शनीमा राखिएका छन् ।यहाँ रहेका वन्यजन्तुलाई उचित बासस्थान प्रदान गर्न र अवलोकनकर्ताहरूका लागि सहजता प्रदान गर्न विभिन्न भौतिक पूर्वाधार निर्माणका कार्यहरू पनि भएका छन् । सदर चिडियाखानाले वार्षिक रूपमा औसत ३०० वन्यजन्तु उद्धार गर्दै आएको छ ।
Summarization: काठमाडौँ — तस्करी हुने क्रममा समातिएका चिम्पान्जी (चिम्पु र चम्पा) लाई अब सर्वसाधारणले जावलाखेलस्थित सदर चिडियाखानमा हेर्न पाउने भएका छन् । वन्यजन्तु तस्करी आरोपमा पक्राउ परेका भारतीय नागरिक मोहमद फइम, मोहमद उस्मान, चाँद मोहम्मद र पाकिस्तानी नागरिक जावेद असलम खानलाई काठमाडौं जिल्ला अदालतले २०७६ भदौ अन्तिम साता ५/५ वर्ष कैद सजाय फैसला गरेको थियो । दुर्लभ वन्यजन्तु तथा वनस्पतिहरुको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को पक्ष राष्ट्र भएकाले पर्याप्त प्रमाण जुटाएर कुनै सरकारी निकायले माग दाबी गरे हालसम्म लागेको खर्च व्यहोरेर चिपान्जी फिर्ता लैजान सक्छ । २०५२ साल पुस १४ गते (सन् १९९५ डिसेम्बर २९) का दिन तत्कालीन राजा वीरेन्द्रको ५०औं जन्मोत्सवको अवसरमा सदर चिडियाखाना व्यवस्थापनको जिम्मा सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई प्रदान गरेको हो ।